Section 10J
अन्त:शुल्क छल्ने योजना विरुद्धको व्यवस्था
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अन्त:शुल्कको फाइदा लिने उद्देश्यले कुनै व्यक्तिले देहायको कुनै कार्य गरेमा यस ऐन बमोजिम लाग्ने अन्त:शुल्क छल्न दुरुत्साहन गरेको मानी महानिरदेशकले त्यस्तो व्यक्तिको अन्त:शुल्क निर्धारण तथा असुल उपर गर्न अन्त:शुल्क अधिकृतलाई आदेश दिन सक्नेछ:-

(क) यस ऐनमा भएको व्यवस्थाको दुरुपयोग गरी अन्त:शुल्क छल्ने उद्देश्यले कुनै योजना तथा कार्य गरी अन्त:शुल्कको दायित्व कम गरेमा वा

(ख) अन्त:शुल्क दायित्व कम गर्ने उद्देश्यले कुनै “कार्य गरेमा वा सो गर्ने उद्देश्यले संझौता गरेमा ।